Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शैक्षिक संस्थाहरुलाई खत्तम पार्ने षड्यन्त्रप्रति सरकार गम्भिर बन्नुपर्छः माधव नेपाल


काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारलाई सो सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र संवद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराउनु भयो । विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताउनु भयो । उहाँले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भईराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भिर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुनकुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौ ? त्यो हामी अगाडि सार्दैनौं । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ । त्यसका लागि युनिभर्सिटीले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई सुधार्नुपर्ने कुराहरु, विश्वविद्यालयले आफ्नो अनुशासनलाई टाईड बनाउनुपर्ने कुराहरु, परीक्षा समयमा तयार नगर्ने, तयार भएपछि समयमा नछाप्ने, त्यसपछि समयमा इक्ज्यामिनेशन नहुने, इक्ज्यामिनेशनका कपीहरु नै सुरक्षित नहुने, समयमा त्यो कपीको जाँच नहुने, रिजल्ट प्रकाशित नहुने, समयसीमाप्रति गम्भिर नहुने, यस्ता खालको अनेक जुन समस्याका पाटाहरु आएका छन् । अपारदर्शीका पाटादेखि अनेक समस्याहरु आएका कुरा म तपाईहरुको बीचमा खुला विमर्शहरु होस ।’

अध्यक्ष नेपालले सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?