Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

शैक्षिक संस्थाहरुलाई खत्तम पार्ने षड्यन्त्रप्रति सरकार गम्भिर बन्नुपर्छः माधव नेपाल


काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरुको षड्यन्त्रप्रति गम्भिर बन्न सरकारलाई आग्रह गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित वृहत शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारलाई सो सुझाव दिनुभएको हो । अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरुमा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र संवद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले विश्वविद्यालयहरुलाई पनि समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराउनु भयो । विद्यार्थी संगठनहरुले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरुको हित अनुकुल हुने गरी अघि बढाउनका लागि सरकार र सम्बन्धित पक्षसँग वहृत छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताउनु भयो । उहाँले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरुले जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘यहाँ अनेक माफियाहरुले चलखेल गरिरहेका छन । नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भईराखेको छ । ती सबै षड्यन्त्रहरुप्रति गम्भिर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुनकुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरुलाई रोजगारी दिन सक्छौ ? त्यो हामी अगाडि सार्दैनौं । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भिरताका साथ ध्यान दिनु जरुरी छ । त्यसका लागि युनिभर्सिटीले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने कुराहरु, सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई सुधार्नुपर्ने कुराहरु, विश्वविद्यालयले आफ्नो अनुशासनलाई टाईड बनाउनुपर्ने कुराहरु, परीक्षा समयमा तयार नगर्ने, तयार भएपछि समयमा नछाप्ने, त्यसपछि समयमा इक्ज्यामिनेशन नहुने, इक्ज्यामिनेशनका कपीहरु नै सुरक्षित नहुने, समयमा त्यो कपीको जाँच नहुने, रिजल्ट प्रकाशित नहुने, समयसीमाप्रति गम्भिर नहुने, यस्ता खालको अनेक जुन समस्याका पाटाहरु आएका छन् । अपारदर्शीका पाटादेखि अनेक समस्याहरु आएका कुरा म तपाईहरुको बीचमा खुला विमर्शहरु होस ।’

अध्यक्ष नेपालले सरकारी नीति र कानूनमा रहेका त्रुटीहरुलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?