Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

बेलायती अभिनेता जेमी बेकन अभिनित चलचित्र ‘एक्लो’ को छायांकन शुरु


काठमाडौ। चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ ।

बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले संसारभर नेपाली चलचित्रको माग बढेको र अब नेपाली चलचित्रले पनि विदेशमा नाम कमाउनुपर्ने बताए। अभिनेत्री दीया पुनले चलचित्रमा काम गर्न पाउँदा धेरै नै उत्साहित रहेको प्रतिक्रिया दिएकी छिन् । अभिनेत्री बेनिशा हमालले नेपाली सिनेमामा केही फरक र नयाँपन हुनुपर्ने र त्यो नयाँपन चलचित्र ‘एक्लो’ हुने बताइन । बेलायती अभिनेता जेमी बेकनले नेपाली संस्कृतिको चलचित्रमा काम गर्न पाउँदा धेरै नै खुशी र उत्साहित रहेको बताए ।

चलचित्रले नयाँपन दिने कलाकारहरुको दाबी छ ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?