Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

बेलायती अभिनेता जेमी बेकन अभिनित चलचित्र ‘एक्लो’ को छायांकन शुरु


काठमाडौ। चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ ।

बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले संसारभर नेपाली चलचित्रको माग बढेको र अब नेपाली चलचित्रले पनि विदेशमा नाम कमाउनुपर्ने बताए। अभिनेत्री दीया पुनले चलचित्रमा काम गर्न पाउँदा धेरै नै उत्साहित रहेको प्रतिक्रिया दिएकी छिन् । अभिनेत्री बेनिशा हमालले नेपाली सिनेमामा केही फरक र नयाँपन हुनुपर्ने र त्यो नयाँपन चलचित्र ‘एक्लो’ हुने बताइन । बेलायती अभिनेता जेमी बेकनले नेपाली संस्कृतिको चलचित्रमा काम गर्न पाउँदा धेरै नै खुशी र उत्साहित रहेको बताए ।

चलचित्रले नयाँपन दिने कलाकारहरुको दाबी छ ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?