Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ : वर्षमान पुन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुुष्टि भएको बताएका हुन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताए ।

पुनले सरकार शुरुमा माफीयाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताउदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेतृत्वको सरकारले देश हित विपरित कसैसँग पनि सम्झौता नगरेको दाबी गरे ।

उनले भने, ‘शुरुमा माफीयाबाट परिचालित भन्दा बढी बोल्यौँ जस्तो लागेको थियो । किनभने हामीले पनि जनतालाई जवाफ दिनुपर्छ । यो माफीयाको चलखेलमा माफीयाको स्वार्थमा सरकार बन्यो भन्यौँ । त्यसपछि धेरै बोलेका थिएनौँ । तर यो ४० दिनको घटनाले हामीले अनुमान गरेको भन्दा पनि बढी माफीयाको प्रभावमा बनेको रहेछ भन्नेकुरा पुष्टि भएको छ । काँग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्ने प्रमाणित गरेका छौँ । प्रचण्डको नेतृत्वको सरकारले कसैसँग अब सम्झौता गर्न सकिन्न भनेर लाग्नुभयो । देश र जनताको लागि सरकार सञ्चालन गर्नुभयो । यो बीचमा निकै ठूलो बनिसकेछ विचौलिया वर्ग । त्यो हामी नेतृत्वको सरकारका बेला रिसाउँदै गयो । हामीलाई सरकारबाट बाहिर धकेल्यो ।’

उनले अध्यक्ष दाहालले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?