Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ : वर्षमान पुन


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुुष्टि भएको बताएका हुन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताए ।

पुनले सरकार शुरुमा माफीयाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताउदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेतृत्वको सरकारले देश हित विपरित कसैसँग पनि सम्झौता नगरेको दाबी गरे ।

उनले भने, ‘शुरुमा माफीयाबाट परिचालित भन्दा बढी बोल्यौँ जस्तो लागेको थियो । किनभने हामीले पनि जनतालाई जवाफ दिनुपर्छ । यो माफीयाको चलखेलमा माफीयाको स्वार्थमा सरकार बन्यो भन्यौँ । त्यसपछि धेरै बोलेका थिएनौँ । तर यो ४० दिनको घटनाले हामीले अनुमान गरेको भन्दा पनि बढी माफीयाको प्रभावमा बनेको रहेछ भन्नेकुरा पुष्टि भएको छ । काँग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्ने प्रमाणित गरेका छौँ । प्रचण्डको नेतृत्वको सरकारले कसैसँग अब सम्झौता गर्न सकिन्न भनेर लाग्नुभयो । देश र जनताको लागि सरकार सञ्चालन गर्नुभयो । यो बीचमा निकै ठूलो बनिसकेछ विचौलिया वर्ग । त्यो हामी नेतृत्वको सरकारका बेला रिसाउँदै गयो । हामीलाई सरकारबाट बाहिर धकेल्यो ।’

उनले अध्यक्ष दाहालले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?