Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

प्रचण्डले एक हिसावले राजनीतिबाट सन्यास लिनुभयोः प्रमुख सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएको टिप्पणी गरेका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले संसदमा अध्यक्ष दाहालले बोलेको कुरा नियाल्दा कुनैपनि नेताले आफ्नो योजना र रणनीतिअनुसार सरकारको नेतृत्व गर्ने लक्ष्य राख्नुपर्ने भएपनि दाहालले अब माओवादी केन्द्र र आफू कुनैपनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिबाट पराजय स्वीकार गर्नु सरह रहेको उल्लेख गरे ।

उहाँले सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको सन्यासको घोषणा रहेको बतय। उहाँले सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भुमिकाबारे प्रश्न कुण्ठा व्यक्त गर्नुभएको बताएका छन् । उहाँले प्रमुख प्रतिपक्षको दलको नेताको भुमिकाबाट पनि छिटै नै जनताले हटाउने भन्दै अब धेरै समय कुर्नुनपर्ने बताए।

उनले भने, ‘मान्य पुष्पकमल दाहालज्युले संसदमा बोल्दै गर्दा हामीले सुन्यौँ । हामीलाई लाग्यो, आजदेखि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्ष पुष्पकमल दाहाज्युले संसदको रोष्टमबाट औपचारिक ढंगबाट अब म सत्ताको खेलमा छैन, हाम्रो पार्टी सत्ताको कुनैपनि खेलमा जाँदैन, उहाँले आफ्नो नाम फेरि पनि दोहा¥याएर भन्नुभयो, प्रचण्ड यो खेलमा छैन भन्नुभयो, यसले के देखाउँछ माओवादी केन्द्रका अध्यक्षज्यु, संसदीय दलका नेताले एक प्रकारले भन्ने हो भने राजनीतिबाट सन्यास लिनुभयो । सत्ताको खेलबाट कहिले पनि यस खेलमा अघि नबढ्ने त्यो प्रकारको, सत्तामा नजाने गरीको, नजोडिने गरीको सन्यासको घोषणा गर्नुभयो ।

अर्कोतर्फ उहाँले सँगै भन्नुभयो, प्रतिपक्षको दलको नेताको कुरा पनि भन्नुभयो । सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी कन जे बताउनु भयो, उहाँलाई म प्रमुख प्रतिपक्षको जिम्मेवारी पनि सत्तापक्षले लिए हुन्छ जुन भन्नुभयो, धेरै समय कुनुपर्दैन । त्यो दिन आउँछ, जनताले नै उहाँलाई विपक्षी दलको नेताको हैसियत पनि प्राप्त नहुने परिस्थित पाउनु हुनेछ । उहाँ जसरी जान खोज्दै हुनुहुन्छ, संसदमा पूर्वप्रधानमन्त्रीले बोल्ने तरिका जुन प्रकारको कुण्ठा अभिव्यक्ति प्रकट गर्नुभयो,त्यसले उहाँ ठूलो दल बन्नेगरीको तयारीमा हुनुहुन्न भन्ने स्वयं भन्नुभएको छ ।’

प्रमुख सचेतक बर्तौलाले पूर्वप्रधानमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सिएर संसदमा कुण्ठा व्यक्त गर्नुभएको बताएका छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?