Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

प्रमुख प्रतिपक्ष दलका नेताले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो : रामहरि खतिवडा


काठमाडौं ।नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे ।

काँग्रेसका सांसद खतिवडाले अध्यक्ष दाहालको आक्रोश काँग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको बताएका छन् । उनले विगतमा दाहाल नेतृत्वको सरकारका कामहरु पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रश्तुत हुन नसकेको बताए । उनले सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालीन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरु रहेको बताए । उनले लेखा समितिको बारेमा पनि अध्यक्ष दाहाल जिम्मेवारीका साथ नबोलेको बताएका छन् ।

उनले भने, ‘छोटो समयमा उहाँले केही कुरा राख्नुभएको छ । आक्रोशपूर्ण अभिव्यक्ति छ । विशेष गरी काँग्रेस र एमालेप्रति छ । उहाँ गठबन्धनमा हुँदा पनि उहाँले गरेको देखिएको थियो । डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा बढी केन्द्रित हुनुभयो । लेखा समितिबारे पनि अलि जिम्मेवारीका साथ प्रश्तुत नभएको उहाँको कुरा देखिन्थ्यो । सत्ताबाट जानुभएको छ, आक्रोश छ । सार्वजनिक लेखा समिति आफू अनुकुल उठाउनुभएको हो । पहिला पनि यस्तो भएको छ तर प्रतिपक्षले पाउनुपर्ने कुरा नै हो । विगतमा उहाँहरु सत्तामा हुँदा नदिइएको कुरा पनि सत्य हो ।’

सांसद खतिवडाले सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउनुपर्ने भएपनि विगतमा पनि नदिने गरेको उदाहरण रहेको बताए ।


प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?