Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

आयल निगमका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको छः सांसद अग्रहरी


काठमाडौं । नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छिन ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याउने व्यवस्था गरिएपनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरुकै मिलेमतो रहेको बताएकी हुन् ।

सांसद अग्रहरीले चुहावट रोक्नका लागि पाइपलाइनको व्यवस्था गरेपनि निगमका कर्मचारीहरुले चुहावट गर्नका लागि ट्यांकरमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन । उनले ट्यांकरबाट पेट्रोलियम पद्धार्थ ल्याउने भए अर्बौ खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्न समेत गरिन ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?