Trending
>>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

आयल निगमका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको छः सांसद अग्रहरी


काठमाडौं । नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरुकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छिन ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइपलाइनबाट ल्याउने व्यवस्था गरिएपनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरुकै मिलेमतो रहेको बताएकी हुन् ।

सांसद अग्रहरीले चुहावट रोक्नका लागि पाइपलाइनको व्यवस्था गरेपनि निगमका कर्मचारीहरुले चुहावट गर्नका लागि ट्यांकरमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन । उनले ट्यांकरबाट पेट्रोलियम पद्धार्थ ल्याउने भए अर्बौ खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्न समेत गरिन ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?