Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको ऊर्जामन्त्री खड्काको दाबी


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन्।

मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्दै उनले सरकारले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिवद्ध भएर लागेको पनि बताएका छन् । सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको उनको भनाई थियो । उनले कुनैपनि आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताए।

उनले भने, ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईहरुलाई थाहा छदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई । समयमा सबै कामहरु सम्पन्न हुनुपर्दछ । र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ । र यसो गर्न सक्यो भने तमाम विदेशिन लागेका युवाहरुलाई यही रोजगारी सृजना गर्न सकिन्छ । मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरु अव गति लिन शुरु गरेको छ । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भुमिका अत्यन्तै महत्वपूर्ण छ ।’

मन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?