Trending
>>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको ऊर्जामन्त्री खड्काको दाबी


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन्।

मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्दै उनले सरकारले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न कटिवद्ध भएर लागेको पनि बताएका छन् । सरकार रोजगारी सृजनातर्फ उन्मुख रहेको उनको भनाई थियो । उनले कुनैपनि आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि इन्जिनियरहरुको भुमिका अत्यन्तै महत्वपूर्ण हुने पनि बताए।

उनले भने, ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईहरुलाई थाहा छदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई । समयमा सबै कामहरु सम्पन्न हुनुपर्दछ । र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ । र यसो गर्न सक्यो भने तमाम विदेशिन लागेका युवाहरुलाई यही रोजगारी सृजना गर्न सकिन्छ । मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरु अव गति लिन शुरु गरेको छ । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भुमिका अत्यन्तै महत्वपूर्ण छ ।’

मन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?