Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

सफल बन्न युवालाई राजेश हमालका टिप्सः सधैँ सजिलो बाटो नखोज्नुस्,आफैँ बाटो खन्नुस्


काठमाडौँ । महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ—२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पारे । उनले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताएलका छन् । उनले आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिदै युवाहरुले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताउनु भयो ।

उनले भने, ‘तपाईंमा तिब्र इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरु अघि बढ्नुस् । खालि सजिलो बाटो नखोज्नुस् । बनाएको बाटो मात्रै नखोज्नुस् । यसमा गएर फलानोले राम्रो प्राप्त ग¥यो, त्यसमै लाग्न्ुपर्छ, यसमा यो यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस् । आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् । बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ । युवाहरुमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ ।’

आफ्नो युनिकनेस पत्ता लगाएर युवाहरुले काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?