Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नेपाल पूर्वाधार समिट,२०८१ भदौ २७ र २८ गते हुँदै


काठमाडौँ। नेपाल उद्योग परिसंघले नेपाल सरकारको सहयोगमा नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ ।

परिसंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । दिगो पूर्वाधारमार्फत देशको समग्र पूर्वाधार विकास गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधार समिट २०८१ को मुख्य उद्देश्य रणनीतिक लगानीमार्फत दिगो विकास गर्ने रहेको बताए । उनले समृद्ध अर्थतन्त्रको आधार पूर्वाधार विकास भएको भन्दै विकसित मुलुक पूर्वाधारको विकासबाट भएको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले नेपालले पनि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने भन्दै मुलुकको लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताएका छन् । उनले दिगो विकासको लक्ष्य हासिल गर्न २०३० सम्म २० खर्ब लगानी आवश्यक रहेको राष्ट्रिय योजनाको प्रतिवेदनमा उल्लेख रहेको बताए ।

उनले पूर्वाधारमा धेरै लगानी आवश्यक भएपनि स्रोतको अभाव रहेको बताउनु भयो । उनले पूर्वाधार विकासमा विश्वका विकसित मुलुकमा भएका गतिविधिका विषयमा गहन रुपमा छलफल हुने बताउदै सम्मेलनमा विभिन्न १२ विधागत विषयमा छलफल हुने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?