Trending
>>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

नेपाल पूर्वाधार समिट,२०८१ भदौ २७ र २८ गते हुँदै


काठमाडौँ। नेपाल उद्योग परिसंघले नेपाल सरकारको सहयोगमा नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौ २७ र २८ गते काठमाडौंमा गर्ने भएको छ ।

परिसंघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । दिगो पूर्वाधारमार्फत देशको समग्र पूर्वाधार विकास गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पूर्वाधार समिट २०८१ को मुख्य उद्देश्य रणनीतिक लगानीमार्फत दिगो विकास गर्ने रहेको बताए । उनले समृद्ध अर्थतन्त्रको आधार पूर्वाधार विकास भएको भन्दै विकसित मुलुक पूर्वाधारको विकासबाट भएको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले नेपालले पनि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने भन्दै मुलुकको लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताएका छन् । उनले दिगो विकासको लक्ष्य हासिल गर्न २०३० सम्म २० खर्ब लगानी आवश्यक रहेको राष्ट्रिय योजनाको प्रतिवेदनमा उल्लेख रहेको बताए ।

उनले पूर्वाधारमा धेरै लगानी आवश्यक भएपनि स्रोतको अभाव रहेको बताउनु भयो । उनले पूर्वाधार विकासमा विश्वका विकसित मुलुकमा भएका गतिविधिका विषयमा गहन रुपमा छलफल हुने बताउदै सम्मेलनमा विभिन्न १२ विधागत विषयमा छलफल हुने बताएका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?