Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

छानबिन समितिमा रवि : मैले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेँ, आर्थिक पाटो जिबी राईलाई थाहा छ


काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ ।

शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने कुरा राख्नुभएको समिति सभापति सूर्यबहादुर थापाले बताएका छन् । उनले सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएका पनि जानकारी गराएका छन् ।

उनले भने , ‘आजको बैठकमा हामीले गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा, विभिन्न छानविनबाट देखिएका विषय, संसदमा उठेका, सार्वजनिक सञ्चारमाध्यममा आएका र सर्वसाधारण तहमा उठेका प्रश्नहरुको सन्दर्भमा दुई जनालाई शोधपुछका लागि बोलाएका छौँ । पहिलो गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशीसँग शोधपुछ गरेका छौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक, शेयर होल्डर कार्यक्रम निर्माण र प्रश्तोताको मुख्य जिम्मेवारीमा रहनुभएका हाल प्रतिनिधि सभाका सदस्य, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग शोधपुछ गरिरहेका छौँ । शोधपुछको क्रममा उहाँले आफ्नो सहकारीसँगको, गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ, जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यवसायिक संलग्नताका बारेमा बताउनुभएको छ । करिव ५० वटा प्रश्नहरु उहाँसँग छन् । आधा जतिमा शोधपुछ गरिरहेका छौँ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम,ति सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरु त्यहाँ समावेश नभएको अहिलेसम्म ति कुराहरु राख्नुभयो । कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

उनले आजको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको बताए ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?