Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेकाे सरकारः उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेकाे सरकार बनेकाे बताउनुभएकाे छ । आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित बधाई ज्ञापन कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएकाे भन्दै क्षेत्र नं १ का सब‌ै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

` झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको हाेइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हाैं ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,` आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हाे । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेकाे छ ।´ उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ काे विकास निर्माणका काममा समेत प्रभावकारीताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाउनुभयकाे छ


प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?