Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेकाे सरकारः उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुने गरि राहत दिनका लागि अहिलेकाे सरकार बनेकाे बताउनुभएकाे छ । आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित बधाई ज्ञापन कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएकाे भन्दै क्षेत्र नं १ का सब‌ै मतदातालाई धन्यवाद ज्ञापन गर्नुभयाे ।

` झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको हाेइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हाैं ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,` आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हाे । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेकाे छ ।´ उहाँले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताउनुभयाे ।

उपप्रधानमन्त्री सिंहले काठमाडौँको क्षेत्र नम्बर १ काे विकास निर्माणका काममा समेत प्रभावकारीताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाउनुभयकाे छ


प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?