Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन् : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताउनुभएको छ ।

शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

“पार्टी सरकारमा हुँदा सुशासन , सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् ।बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले भन्नुभयो “संसद्‌मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्‍यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यहि ढंगले बुझेका छन् ।”

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जाने बताउनुभयो ।उहाँले भन्नुभयो–“पदाधिकारी र स्थायी कमिटी बैठकमा सबै कुरा खुलेर राखौं भनेर खुलै विषय राखियो।कतिपय कमरेडहरु त झण्डै दुई घण्टा नै बोल्नुभयो।”

स्थायी समितिको बैठकमा छलफलको क्रममा नेता जनार्दन शर्माले अरूले मुखले मत राखे जस्तै आफुले लिखित रूपमा राखेको तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको बताउनुभयो ।

स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले राखेको दस्ताबेज फरक मत नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रभाकरजीले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । बिहान मात्रै पनि उहाँ मेरोमा आउनुभएको थियो । उहाँले त्यो भन्नुभएको छ । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने बताउँदै उहाँले थप्नुभयो–“पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ ।त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ।”


प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?