Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

सिजन मिडियाले नेपालमा पाचौं सस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै


काठमाडौँ । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा सिजन मिडियाले आफ्नो अहम भूमिका स्थापित गरेको तथ्य सुनाउन पाउँदा हामी गौरवान्दित छौ । लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरुको कार्यक्षमता र उपलव्धीलाई थप उर्जा प्रदान गर्दै आएको छ ।

सिजन मिडिया आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को विशेष अवसर पारेर असोज पहिलो साता काठमाडौंमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२४’ पाँचौ संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको सगौरव घोषणा गर्दछौ । सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको कामकको उफव्धी र योगदानको उच्च मुल्याङ्कन गर्दै अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक पनि विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाहरुले गर्नु भएको काम तथा सामजीक योगदानलाई शब्दमा परिभाषित असम्भव तुल्य हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पर्न भएको थियो । गत वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायीक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्पन गरिएको थियो भने यस वर्ष पनि नेपालमा नै गर्ने लक्ष्य राखिएको छ ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा एक दशक भन्दा वढी लामो समय निरन्तर काम गरि सफलता आर्जन गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनुभयो । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले खग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ” उहाँले भन्नुभयो । साथै देश तथा एसियन मुलुकमा सफल व्यवसायीक व्यक्तिवहरुले सिजन मिडियाको आधिकारीक वेभसाइटमा गएर फारम भर्न सक्नु हुनेछ ।


प्रकाशित मिति: २७ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?