Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नेपालकाे हवाई क्षेत्रकाे सुधारका लागि पूर्व पर्यटन मन्त्रीहरूको यस्ताे सुझाव


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार मन्त्रालयमा भएको वैठकमा समग्र हवाई क्षेत्रकाे सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गर्नुभएको हो ।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव माग्नु भएको थियो । सोही क्रममा पूर्व मन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताउनु भएको थियो । उहाँहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिनु भएको हो । त्यसै गरी उहाँहरूले दुर्घटनापछि ज्यान गुमाईसकेका पाईलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पार्नुभएकाे छ ।

पूर्व पर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिनु भएकाे छ। उहाँहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्वद्व भएर सहयोग पुर्याउने बताउनु भएकाे छ।

पूर्व पर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दाेहाेर्याउनु भएकाे थियो । यसका साथै उहाँहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिनु भएकाे हाे । उहाँहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुराेध समेत गर्नु भएकाे छ।

उहाँहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिनु भयो । नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा वेथिथि रहेकाले सचेत भएर नडगमगाई काम गर्न समेत उहाँहरूकाे सुझाव रहेकाे थियाे।

पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिनु भएको छ ।

त्यसै गरी उहाँहरूले नजिकका स्वार्थ समूहहरूबाट बच्न समेत सुझाउनु भएको छ । उहाँहरूले अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) नियम पालना गरेर अघि बढ्न समेत आग्रह गर्नु भएको छ । त्यस्तै
उहाँहरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिनु भएको छ । विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन समेत अनुरोध गर्नुभएको छ ।

त्यसै गरि उहाँहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका वेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिनु भएको छ। साथै विमान स्थल सुुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिनु भएको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?