Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

शान्तिश्रीले ल्याइन तीज गीत ‘माथि माथि माया बग्छ’


काठमाण्डौं । नजिकिदै गरेको तीजलाई लक्षित गरेर गीतकार प्रीतम श्रेष्ठले पहिलोपटक आफ्नै संगीत र शब्दमा रहेको नयाँ तीज गीत ‘माथि माथि माया बग्छ’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। यस गीतमा गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा माधव भण्डारीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा जुना विश्वकर्मा र सुरेश कोहलीको अभिनय रहेको छ। प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

गीतकार श्रेष्ठ हाल सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गर्दै क्यालिफोर्निया राज्यको डाटा एनालिस्टको रूपमा काम गर्दै छन्, विदेशी भूमिमा रहेर व्यस्त कामका बावजुद पनि नेपाली संस्कृति, परम्परा र महिलाको सम्मानलाई प्राथमिकता दिँदै उनले यो गीत तयार गरेका हुन्।

आजकाल धेरै तीजका गीतहरू केवल पैसा र भ्यूजको लागि बनाइरहेको समयमा गीतकार प्रीतम श्रेष्ठले मौलिकता र सांस्कृतिक महत्वलाई प्राथमिकता दिएका छन्। उनले यस अघि दुई गीतहरू ‘मायालु’ र ‘तिमी हिड्ने गल्ली’ सार्वजनिक गरिसकेका छन्।


प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?