काठमाडौं ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए ।
‘अस्ति पनि भयो सौर्य एयरको विमान भयो एयरपोर्टमै, हिजो पनि एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भयो, नेपाली आकाश सुरक्षित छैन भन्ने यसले पुष्टि गरेको छ’, उनले भने ।
प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार