Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह


काठमाडौं  । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताउनुभयो ।

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो । ’

त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताउनुभयो । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उहाँको भनाई थियो । देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या,फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उहाँले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धि नीति आवश्यक्ताअनुसार समायसापेक्ष बनाउने पनि बताउनुभयो ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?