Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह


काठमाडौं  । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताउनुभयो ।

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो । ’

त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताउनुभयो । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उहाँको भनाई थियो । देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या,फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उहाँले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धि नीति आवश्यक्ताअनुसार समायसापेक्ष बनाउने पनि बताउनुभयो ।


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?