Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’ बजारमा


काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका ईन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

चर्चित गायक तथा सफल संगीतकार सबिन लिम्बुको स्वर तथा संगीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिको छ ।

एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाँकन सुजन श्रेष्ठले गरेका छन् ।

उक्त म्यूजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सीया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्यूनिक भिडियोलाई बजारमा ल्याउन महत्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई. खतिवडाले उल्लेख गरे । आफ्नो अन्य गीतहरुको तुलनामा ‘प्रेम कहानी’को म्यूजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई. खतिवडाले बताए । आफ्नो रचनाहरुमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दावी समेत गीतकार ई. खतिवडाको छ ।

स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा कृयाशिल गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी संगठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।


प्रकाशित मिति: २० श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?