Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्नुहुँदै बिहीबार सिंहदरबारमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिनुभयो ।

मन्त्री चौधरीले देशका युवाहरु नेपालमै बस्ने योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताउनुभयो । उहाँले युवालाई रोजगारी सिर्जना गर्नेकुरामा बहस गर्नुपर्ने बताउनुभयो । ‘‘अहिले २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६ औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन । तपाईं र हाम्रा देशका युवाहरु जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्नसक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन ।,’’ मन्त्री चौधरीले भन्नुभयो, ‘‘धेरे बालबालिकाहरु अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’’

मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताउनुभयो ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?