Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

कुराभन्दा पनि काम गरेर देखाउनु छ:  उपप्रधान मन्त्री सिंह


काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् ।सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए ।

उनले भने, ‘नेपाल सरकारको तर्फबाट तपाइँहरुको काम गर्दा जुन नीति सम्बन्धी समस्या भोगिरहनु भएको छ । त्यसको लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नको लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’उनले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताए ।

उनले भने, ‘तपाइँहरु के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम भन्नुहोला । सयकार्य गरौं ।’


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?