काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
आजको बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार