Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

सिमलताल दुर्घटना : त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएका भारतीय टोली आज फर्किने


चितवन । नौ दिनदेखि सिमलता पहिरोका कारण त्रिशूलीमा खसेको बस र यात्रु खोज्न नेपाल आएर यहाँका उद्धार टोलीलाई सहायता गरेका भारतीय उद्धार टोली आज फर्किने भएका छन्।

एक हप्ताको समय लिएर आएको भारतीय उद्दार टोलीले नौ दिन देखि निरन्तर सक्दो प्रयास गरेपनि उपलब्धी नभएको टोली फर्किन लागेको हो।

गत असार २८ गते सिमलताल पहिरोमा परि दुई वटा बसलाई त्रिशूलीमा बगाएको थियो । दुई बसमा गरेर ६५ यात्रु सवार भएकोमा ३ जनाले ज्यान जोगाएका थिए ।

भने बाँकी यात्रु नदीमा नै बेपत्ता भएका थिए । बेपत्तामध्ये पनि १९ जनाको शव भेटेर पहिचान भएको छ । अन्य यात्रु भेटिएका छैनन् । केही भेटिएका शवको पहिचान खुलेको छैन । भने, त्रिशूलीमा हराएको दुबै बस अहिलेसम्म भेटिएको छैन ।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?