चन्द्रागिरी केवल कारमा समस्या चाही पक्कै छ आज दिनको १२ वजे हामी माथीवाट तल झर्दा २ पटक गरेर झण्डै १० मिनेट केवलकारको डिव्वा आकासमै झुन्डियो । हामिले चढ्नु अघि पनि २ पटक झुण्डियको देखिएको थियो । आकासमा यसरी पटक पटक समस्या आउदा पनी सन्चालनमा रहनु राम्रो कुरा होइन र लक्षण पनी राम्रो होइन ।
समस्या आएर ठुलो दुर्घटना हुनु र छानविन समिती गठन गर्नु भन्दा पहिलेनै तत्काल सेवा वन्द गरी सुरक्षाको अनुभुति दिने गरी मात्र सेवाको लागी अनुमति दिने काममा तत्काल प्रशासनले आवस्यक कदम चाल्नु पर्ने देखिन्छ ।
(काठमाडौंका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी)
प्रकाशित मिति: १० श्रावण २०८१, बिहीबार