Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेकाे मेहनतकाे प्रसंसा गर्नुभयो । ज्ञान संग्रह गरेर पुस्तकका रुपमा बाँडेकाे भन्दै विशेष धन्यवाद दिनुभयाे । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै दुरुस्त केही नहुने उल्लेख गर्नुभयाे । उहाँले नेपाल सामाजिक, भाैगाेलिक, जैविकलगायतका विविधतायुक्त भएको पनि उल्लेख गर्नुभयाे । उहाँले बुद्धधर्मबारे पनि चर्चा गर्नुभयाे । उहाँले बुद्धलाई विविध ढंगले चिन्ने गरेकाे उल्लेख गर्नुभयो ।

बुद्धले त्यसै सुखसयल र दरबार नछाेडेकाे पनि उल्लेख गर्नुभयो । नेपाल बुद्धकाे जन्मथलाे मात्रै हाेइन बुद्ध दर्शनकाे थालनी भएको देश पनि हाे भन्नुभयाे । याे देशलाई सबै नेपालीकाे साझा देश र शान्तिकाे देशका रुपमा चिनाउनु पर्नेमा पनि जाेड दिनुभयाे । बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न भन्दै उहाँले अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख गर्नुभयाे ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?