Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताउनु भएको छ । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाँहरुमा संघदान कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो ।

ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेकाे मेहनतकाे प्रसंसा गर्नुभयो । ज्ञान संग्रह गरेर पुस्तकका रुपमा बाँडेकाे भन्दै विशेष धन्यवाद दिनुभयाे । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै दुरुस्त केही नहुने उल्लेख गर्नुभयाे । उहाँले नेपाल सामाजिक, भाैगाेलिक, जैविकलगायतका विविधतायुक्त भएको पनि उल्लेख गर्नुभयाे । उहाँले बुद्धधर्मबारे पनि चर्चा गर्नुभयाे । उहाँले बुद्धलाई विविध ढंगले चिन्ने गरेकाे उल्लेख गर्नुभयो ।

बुद्धले त्यसै सुखसयल र दरबार नछाेडेकाे पनि उल्लेख गर्नुभयो । नेपाल बुद्धकाे जन्मथलाे मात्रै हाेइन बुद्ध दर्शनकाे थालनी भएको देश पनि हाे भन्नुभयाे । याे देशलाई सबै नेपालीकाे साझा देश र शान्तिकाे देशका रुपमा चिनाउनु पर्नेमा पनि जाेड दिनुभयाे । बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न भन्दै उहाँले अन्धविश्वासमा नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख गर्नुभयाे ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?