Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

प्रधानमन्त्री ओलीले पाँउदैछन दुइतिहाइ बढी मत !


काठमाडाैं । संविधान संशोधनको कार्यादेशसहित प्रधानमन्त्री बनेका केपी ओलीले आइतबार विश्वासको मत लिँदै छन् । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस ८८ र एमाले ७९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीको मन्त्रिपरिषद्मा चार दल सहभागी छन् । कांग्रेस र एमालेसँगै सात सिटको जसपा र चार सिटको लोसपा मन्त्रिपरिषद्मा सहभागी छन् । सरकारमा सहभागी दलको संख्या १७८ हुन आउँछ । यसबाहेक ६ सिटको जनमत, पाँच सिटको जसपा नेपाल र चार सिटको नागरिक उन्मुक्तिले विश्वासको मत दिने बताइसकेका छन् । यी तीन दलको १५ सिट जोड्दा विश्वास मतको पक्षमा १९३ संख्या हुन आउँछ ।


प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?