Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मन्त्रीद्वय प्रदीपकाे मन्त्री क्वार्टर किस्सा !


प्रदेश सांसदको एक टोली र अर्को एक टोली नयाँ मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रीक्वार्टर पुग्छन्। एक टोली स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बधाई दिन पुगेका थिए भने अर्को टोली चाहिँ खानेपानीमन्त्री प्रदीप यादवलाई बधाई दिन पुगेका रहेछन्।

भर्खरै शपथ लिएर कार्यभार सम्हालेका मन्त्रीहरूलाई बधाई र शुभकामना दिन आउनेहरूसँग भेटघाटमा प्रदीपद्वय व्यस्त थिए। मन्त्री क्वार्टरको प्रतीक्षाकक्षमा दुवै टोलीको भेट भयो। केहीबेर दुवै टोलीले मन्त्री प्रदीपको प्रतीक्षामा बिताए।त्यसपछि प्रतीक्षाकक्षमा आए- खानेपानीमन्त्री प्रदीप यादव।

यादवलाई भेट्न पुगेको टोलीका सदस्यले मन्त्री यादवसँग अंकमाल गरे। बधाई दिए। शुभकामना भने। प्रदेशका सांसदको टोली भने आफूले खोजेको मन्त्री पौडेललाई नदेखेपछि रोचक संवाद गरेछन्। प्रदेश सांसदको टोलीले मन्त्री यादवसँग सोधेछन्- अनि खै त! मन्त्रीज्यू हुनुहुन्न?

मन्त्री यादव: हुनहुन्छ नि! म नै त होन नि!
सांसद टोली : मन्त्री के मन्त्री! नयाँ मन्त्री!
मन्त्री यादव : म पनि नयाँ नै हुँ।
सांसद टोली : मन्त्री के मन्त्री। हाम्रो मन्त्री। प्रदीपजी।

मन्त्री प्रदीप : म नै त हुँ नि प्रदीप। तपाईंहरू झुक्किनु भएजस्तो छ। म खानेपानी मन्त्री प्रदीप यादव हुँ। तपाईंहरूले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोज्नुभएजस्तो छ। मन्त्री यादवको कुरा सुनेपछि कांग्रेसका प्रदेश सांसदको टोली कालियो।

मन्त्री यादवलाई भेट्न पुगेको टोली चाहिँ गलल्ल हास्यो। कांग्रेसका प्रदेश सांसदको टोलीले मन्त्री यादवलाई चिन्न नसकेकोमा हतासो माने। अनि यादवलाई पनि बधाई दिएर पौडेल कक्षतिर लाग्छन्।


प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?