Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मन्त्रीद्वय प्रदीपकाे मन्त्री क्वार्टर किस्सा !


प्रदेश सांसदको एक टोली र अर्को एक टोली नयाँ मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन मन्त्रीक्वार्टर पुग्छन्। एक टोली स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई बधाई दिन पुगेका थिए भने अर्को टोली चाहिँ खानेपानीमन्त्री प्रदीप यादवलाई बधाई दिन पुगेका रहेछन्।

भर्खरै शपथ लिएर कार्यभार सम्हालेका मन्त्रीहरूलाई बधाई र शुभकामना दिन आउनेहरूसँग भेटघाटमा प्रदीपद्वय व्यस्त थिए। मन्त्री क्वार्टरको प्रतीक्षाकक्षमा दुवै टोलीको भेट भयो। केहीबेर दुवै टोलीले मन्त्री प्रदीपको प्रतीक्षामा बिताए।त्यसपछि प्रतीक्षाकक्षमा आए- खानेपानीमन्त्री प्रदीप यादव।

यादवलाई भेट्न पुगेको टोलीका सदस्यले मन्त्री यादवसँग अंकमाल गरे। बधाई दिए। शुभकामना भने। प्रदेशका सांसदको टोली भने आफूले खोजेको मन्त्री पौडेललाई नदेखेपछि रोचक संवाद गरेछन्। प्रदेश सांसदको टोलीले मन्त्री यादवसँग सोधेछन्- अनि खै त! मन्त्रीज्यू हुनुहुन्न?

मन्त्री यादव: हुनहुन्छ नि! म नै त होन नि!
सांसद टोली : मन्त्री के मन्त्री! नयाँ मन्त्री!
मन्त्री यादव : म पनि नयाँ नै हुँ।
सांसद टोली : मन्त्री के मन्त्री। हाम्रो मन्त्री। प्रदीपजी।

मन्त्री प्रदीप : म नै त हुँ नि प्रदीप। तपाईंहरू झुक्किनु भएजस्तो छ। म खानेपानी मन्त्री प्रदीप यादव हुँ। तपाईंहरूले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोज्नुभएजस्तो छ। मन्त्री यादवको कुरा सुनेपछि कांग्रेसका प्रदेश सांसदको टोली कालियो।

मन्त्री यादवलाई भेट्न पुगेको टोली चाहिँ गलल्ल हास्यो। कांग्रेसका प्रदेश सांसदको टोलीले मन्त्री यादवलाई चिन्न नसकेकोमा हतासो माने। अनि यादवलाई पनि बधाई दिएर पौडेल कक्षतिर लाग्छन्।


प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?