Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशयी हुन्छ : शेखर कोइराला


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँगको छलफल गरेका छन् ।

काठमाडौँमा भएको भेटघाटमा कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।समयमा महाधिवेशन नभए पार्टी धराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

कोइरालाले काठमाडौं महानगर सभापति निलकाजी शाक्य, ललितपुर महानगर सभापति सुवानन्द धाख्वा, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर सभापति दीपक चापागाई र वीरगञ्ज महानगर सभापति मनिन्द्र नेपालीसँग कोइरालाले छलफल गरेका हुन्।

सो छलफलमा महानगरका सभापतिहरूले पार्टीभित्र आफूहरूको मर्यादाक्रम पनि नमिलेको र विधानले खासै अधिकार पनि नदिएको गुनासो गरेका थिए।


प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?