Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सामान्य प्रशासन मन्त्रालयले प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने


९ चैत्र ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको प्रतिभा प्रस्फुटन गर्न प्रतिभा डबली कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वार्षिक कार्यक्रमअनुसार सरकारी प्रणाली क्षमता विकास गर्दै नीति तर्जुमा सहयोग, नीति कार्यान्वयन, सेवाप्रवाह तथा विकास निर्माणलगायत सार्वजनिक सरोकारका विषय एवं अतिरिक्त व्यक्तिगत जीवनमा आफूमा अन्तरनिहित प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्न उक्त कार्यक्रम गर्न लागेको मन्त्रालयले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

उक्त प्रतिभा डबली कार्यक्रममा सहभागी हुन चाहने सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीले मन्त्रालयको वेबसाइटमा गएर यही चैत ३० गतेसम्म अनलाइनमार्फत प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगीले आफ्नो प्रस्ताव पेस गर्ने क्रममा अडियो र भिडियो कपीसमेत अपलोड गर्नुपर्ने र सो अडियो–भिडियोमा आफ्नो परिचय खुल्ने कुनै किसिमको सामग्री राख्न नपाइने मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

नवीन सोच र इनोभेटिभ आइडिया पेस गरी शीर्ष १० मा पर्ने निजामती कर्मचारीले प्रत्यक्ष प्रस्तुतीकरणसमेत गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

उक्त प्रस्तुति टेलिभिजनमार्फत समेत प्रस्तुत गरिने आइडिया स्टुडियोले जनाएको छ । प्रतिस्पर्धाबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?