Trending
>>   मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्नुस्ः प्रकाशमान सिंह >>   भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो >>   अस्ट्रेलियाको मुद्रास्फीति २.१ प्रतिशतमा स्थिर >>   घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर >>   भारतको जीडीपी जुलाई–सेप्टेम्बरमा ५.४ प्रतिशतमा घट्यो >>   टर्की—ओमान व्यापार लक्ष्य ५ बिलियन अमेरिकी डलर >>   इजरायलसँगको युद्धमा विजयी भएको हिजबुल्लाहको घोषणा >>   आज ४१ पदका लागि स्थानीय तहको उपनिर्वाचन >>   आज मिति २०८१ साल मङ्सिर १६ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा थपिएका समस्याहरुको जिम्मा लिन्छौँः अर्थमन्त्री पौडेल
Logo
१६ मंसिर २०८१, आईतवार
१६ मंसिर २०८१, आईतवार

भारतबाट नौ महिला र एक बच्चाको उद्धार


९ चैत्र ,काठमाडौँ । आकर्षक काममा लगाइदिने बहानामा भारतमा लगेर बेचबिखनमा परी देहव्यापारमा लगाइएका नौ महिला र एक बच्चालाई उद्धार गरिएको छ ।

भारतको नयाँ दिल्लीमा उनीहरूलाई फ्ल्याटमा राखेर यौन व्यावसायमा लगाइएको गुनासो आएपछि उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँले जानकारी दिएको छ ।

ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार उनीहरूलाई संरक्षित संस्थामा राखेर मनोविमर्श सेवा दिइरहेको र घटनाका विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ ।

उनीहरूसँग सोधपुछसमेत जारी रहेकाले उनीहरूको बयानका आधारमा बेचबिखन गर्ने व्यक्तिको खोजी गरिने उनले जानकारी दिए ।

उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा भारतस्थित नेपाली दूतावास, यस क्षेत्रमा काम गर्ने संस्थासँगको समन्वयमा उद्धार गरेर ल्याइएको पनि पङ्गेनीले बताए ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?