Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक


९ चैत्र ,काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् । आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए ।

कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए । धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन् । यो सङ्ख्या आव २०७८/७९ मा बौद्ध क्षेत्रमा घुम्न आउने पर्यटक केही बढेका थिए ।

त्यस वर्ष दक्षिण एसियाली देशका ६५ हजार आठ सय ३१ र अन्य देशका ३० हजार एक सय नौ पर्यटक आएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले राससलाई जानकारी दिइन्‌ ।

पर्यटकको सङ्ख्या चालु आर्थिक वर्षको आठ महिनामै एक लाख ३६ हजार नौ सय ३६ पुगेको उनले बताइन्‌ । जसमा दक्षिण एसियाली देशका ६९ हजार आठ सय ३४ र अन्य देशका ६७ हजार ९२ रहेका छन् ।

समितिले पर्यटक आकर्षित गर्न यस क्षेत्रको सफाइमा विशेष ध्यान दिएको जनाएको छ । सफाइका लागि निजी क्षेत्रको गजुरमुखी सेक्युरिटी कम्पनीसँग सम्झौता गरिएको छ । कम्पनीका छ जना कर्मचारीले दैनिक बौद्ध क्षेत्रमा सफाइ गर्ने छन् । जसका लागि समितिले वार्षिकरूपमा रु १७ लाख ३९ हजार तीन सय १४ शुल्क दिने जनाइएको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?