Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

“राजनीतिमा बौद्धिक समुदायको सहभागीता” बिषयक संवाद कार्यक्रम सम्पन्न


काठमाडाैं । नेपाली कांग्रेसका लागि संवाद केन्द्र टक सेन्टरले “राजनीतिमा बौद्धिक समुदायको सहभागीता ?” बिषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरको कार्यालय महाराजगन्जमा सम्पन्न कार्यक्रममा प्रो.कृष्ण खनाल , प्रा.डा. लालमणी पाण्डे , लोकतान्त्रिक कानुन व्यावसायि संघका सभापति बरिस्ठ अधिवक्ता सीता राम केसि ,डा. बिष्णु प्र. पोखरेल, डा. इन्द्रा अधिकारी र डा. पिताम्बर भण्डारीले आ-आफ्नो दृष्टिकोण राख्नुभएको थियो । फरक ढंगले सम्पन्न उक्त कार्यक्रमको प्रमुख श्रोताका रुपमा कांग्रेस केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद कुन्दन राज काफ्ले , नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं सांसद भुपेन्द्र राई , कांग्रेस बाग्लुङ सभापति एवं गण्डकी प्रदेश सांसद जित बहादुर शेरचन , पुर्व मन्त्री कांग्रेस नेता जनक गिरि, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंगका महामन्त्री मनहरी श्रेष्ठ लगाएतको हुनुहुन्थ्यो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै राजनीतिक शात्री प्रोफेसर कृष्ण खनालले राजनीतिमा सहभागी थोरैको हुने भएपनी यसबाट सबै प्रभावित हुने हुनाले राजनीतिलाई बौद्धिकताले नै डोर्‍याउनु पर्ने बताउनुभयो । बीपी कोइरालापछि नेपाली राजनीतिलाई बौद्धिकताले डोर्‍याउन कसैले नसकेको भन्दै प्रो. खनालले अहिलेका राजनीतिक दलहरूले आफ्नो पक्षमा माहोल शृजना गर्ने बौद्धिक रोज्ने गरेको तर असहमति प्रकट गर्ने बौद्धिक व्यक्तिहरुलाइ खास मुल धारमा आउन नदिने गरेको बताउँदै आफुले राजनीतिमा निर्दलियताको प्रभाव बड्दै गएको देखेको बताउनुभएको छ । साथै उहाँले लोकतन्त्रमा कोहि छिनमा सत्ता पक्ष र कोहि एकछिनमा विपक्ष हुन नसक्ने , निश्चित एक अवधिको लागि मात्र एस्तो हुनुपर्ने थियो भएन । अहिले राजनीतिमा गलत अभ्यास गरिँदैछ भन्नुभयो ।

एस्तै प्रो डा. लालमणी पाण्डेले कौटिल्यशात्रको राजनीति र अर्थनीतिको स्मरण गर्दै वर्तमान राजनीति र अर्थनीति बौद्धिकताको अभावमा दिशाहिन बन्दै गएको जिकिर गर्नुभयो साथै प्राध्यापक शिक्षकहरु समाजका बौद्धिक व्यक्तित्व हुनाले उनिहरुलाई राजनीतिमा अंकुश लगाइरहनु नपर्ने उनिहरुलाई आफ्नै विवेक प्रयोग गर्न दिनुपर्ने बताउनुभयो ।

एस्तै लोकतान्त्रिक कानुन व्यावसायि संघका सभापति बरिस्ठ अधिवक्ता सीता राम केसिले राजनीतिक दलहरुले बौद्धिक समुदाय समेट्न नसकेको र ऐनमौकामा उपयोग मात्र गर्ने गरेको बताउनुभयो । साथै राजनीतिले जनतामा बितृष्णा बढेकाले बौद्धिक वर्गले दलहरुलाई स्वतन्त्र ढंगले सुझाव दिदैं बौद्धिकताको स्वतन्त्र विकास गर्नपर्नेमा जोड दिनुभयो ।

यसैगरी डा. बिष्णु प्र. पोखरेलले युरोप फान्स लगाएत कतिपय मुलुकमा बौद्धिक समुदायको राजनीतिमा प्रवेश भएपछि मात्र राजनीतिको विकास भएकाले नेपालमा पनि अब बौद्धिक वर्गबाटै राजनीतिको नेतृत्व गर्नुपर्ने बताउनुभयो । विभिन्न बिषयला विज्ञहरुलाई राजनीतिमा प्रवेश गराएर विज्ञताका आधामा मन्त्री बनाउने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभयो ।

यस्तै डा. इन्द्रा अधिकारिले बौद्धिक व्यक्ति कसरी दलमा आवद्ध हुने भन्ने बिषयमा दलहरु नै स्पष्ट हुनुपर्ने बताउबुभयो । राजनीतिक चेत बौद्धिक व्यक्तिहरुमा हुने हुँदा उनिहरुलाई दलियकरण गरेर पेशालाई नै दलहरुले समस्यामा पार्न नहुने बरु कानुन बनाएर एस बिषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।यस्तै डा. पिताम्बर भण्डारीले पेशाकर्मीहरु दलको सुभेच्छुकको रुपमा राजनीतिमा आवद्ध भएकामा प्रश्न उठेको बताउनुभयो । पेशागत संगठन र बौद्धिक वर्गलाई छुट्याइ बौद्धिक वर्गको राजनीतिमा कसरी प्रतिनिधित्व गर्ने भन्ने बिषय जटिल भएको बताउनुभयो ।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?