Trending
>>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीमा जुन अराजकता छ, लामो समयदेखि देशलाई यो अवस्थामा पुर्‍याउने र आज यो मुलुकलाई, हजारौं, लाखौं युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिव देश बनाउनेभित्र यसको मुख्य नेतृत्व नै अहिलेको प्रधानमन्त्रीले गर्नुभएको हो।’

उनले लाखौं युवालाई विदेश जान बाध्य पार्ने, देशका भौतिक संरचना ध्वस्त पारेर मुलुकलाई विश्वको गरिव देश बनाउने मुख्य पात्र वर्तमान प्रधानमन्त्री भएको बताए।

अबको नयाँ सरकारमा राप्रपा जाने/नजाने भन्नेबारे निर्णय गर्न बाँकी रहेको उनले बताए।


प्रकाशित मिति: २७ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?