Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनताका समस्याप्रति गम्भीर हुन नैनसिंह महरको संसद् र सरकारलाई आग्रह


काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले व्यक्तिगत र पार्टीगत फाइदाभन्दा जनताका समस्याप्रति संवेदनशील बन्न संसद् र सरकारलाई आग्रह गरेका छन्।

प्रकोप नियन्त्रणका लागि हाम्रो अभियानले आज काठमाडौंमा आयोजना गरेको ‘जनवायु परिवर्तन र प्रकोप न्यूनीकरणमा राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता महरले समग्र सदन र सरकार जनताका एजेन्डामा केन्द्रित हुनुभन्दा दलगत फाइदा र बेफाइदामा अल्झिएको गुनासो गरे। अहिले देश भीषण वर्षासँगैको बाढी र पहिरोले आक्रान्त बनेकाले सबै राजनीतिक दल जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्ने महरको धारणा छ।

‘विपद्जन्य घटनामा परेर दर्जन हाराहारी नागरिकले ज्यान गुमाइसक्नु भएको छ। सयौं परिवार विस्थापित हुँदा करोडौंको क्षति भएको छ। यस्तो अवस्थामा सरकार र सदनले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु निकम्मापनभन्दा अरू केही होइन,’ उनले आक्रोश व्यक्त गरे।

जनताका मुद्दामा केन्द्रित रहेर नीति निर्माण गर्नु पर्ने संसद् खाली सरकार बनाउने र भत्काउने काममा व्यस्त देखिएको उनको आरोप छ। ‘जनताका आवश्यकताभन्दा सरकारमा बसेकाहरूले आफ्नो नैतिक दायित्व बिर्सिएर राहत र उद्धार कार्यमा तदारुकता देखाउन सकेका छैनन्,’ उनले भने।

समयमै जलवायु परिवर्तन र प्रकोप न्यूनीकरणका लागि उचित नीति निर्माण गरेर कार्यान्वयन गर्न सकेको भए आज यस किसिमको अस्तव्यस्तताको सामना गर्नु नपर्ने महरको भनाइ छ। राजनीतिज्ञले जनताको स्पन्दन सुन्न सक्नुपर्ने महरले बताए।जनताको पीडा संसद् र सरकारलाई दुख्नु पर्ने र सबै राजनीतिक दलले राहत तथा उद्धारमा केन्द्रित हुनुपर्ने उनले बताए।


प्रकाशित मिति: २३ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?