धेरैलाई भ्रम थियो यो पार्टीभित्र गुट सुरु भयो कि फुट सुरु भयो कि तर हिजो बिहान ८ बजेदेखि राती १२ बजेसम्म लगातार १६ घण्टा बसेको पूर्ण बैठकले प्रष्ट भयो पार्टी त एक ढिक्का रहेछ। पार्टीलाई जोगाउन, पार्टीलाई उठाउन एक एक केन्द्रीय सदस्यले खुलेरै विधी पद्धति र सुधारका अवधारणाहरू राख्नुभयो।
जहाँ एकता त्यहाँ विजय। हामीले निर्मम समिक्षा पश्चात एक ढिक्का भएरै हिजो महामन्त्री व्यक्ति र पदको केहि निर्मम निर्णय गरेका छौँ। देशभरी र विदेशबाट पनि चिन्ता र चासो व्यक्त गर्नुभएका सारा नेपालीलाई भन्न चाहन्छु, नआत्तिनुस् पार्टी भित्र को एकता चट्टान सरी बलियो छ। म चाहिँ ढुक्क छु, देश बनाउँछ त राष्ट्रीय स्वतन्त्र पार्टीलेनै बनाउँछ।
प्रकाशित मिति: २२ असार २०८१, शनिबार