Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

पत्रकार मरासिनीलाई गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार


काठमाडौ । पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित प्रथम पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु ५० हजार रहेको छ ।

विगत १३ बर्षदेखि पत्रकारितामा क्रियाशिल पुतलीबजार न.पा. ३, स्याङ्जा निवासी मरासिनीले विशेषगरी युवा, पर्यटन, राजनीतिक र समसामयिक बिषयमा राष्टिय स्तरका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र रुपमा आफ्नो कलम चलाउने गर्दछन् । उनले नेपालका प्रमुख पर्यटकीय गन्तब्य, साहसिक खेल, धार्मिक पर्यटन र ग्रामीण पर्यटन लगायतका विविध पर्यटन प्रबद्र्वनका लागि पत्रकारिताको माध्यमबाट काम गर्दै आएका छन् ।

हाल काठमाडौंमा बसेर पत्रकारिता गरिरहेका उनी काठमाडौं प्रेस र नयाँपुस्ता डटकममा आवद्ध रहेका छन् । अनलाइन पत्रकार संघका सचिव समेत रहेका मरासिनीले विभिन्न समसामयिक बिषयमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् । यसअघि उनले सार्क युथ लिडर अवार्ड, संकटमा सक्रिय पत्रकारिता पुरस्कार लगायतका विभिन्न पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

आइतबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त मन्त्रालयका सचिव प्रकाश पौडेल लगायतले मरासिनी सहित पुरस्कृत सबै व्यक्तिलाई पुरस्कार वितरण गरे । कार्यक्रममा सामाजिक बिकासमन्त्री विन्दु कुमार थापा प्रमुख अतिथि रहेतापनि उनी भने कार्यव्यवस्थताले उपस्थित भएनन् ।


प्रकाशित मिति: १८ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?