Trending
>>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताएकी छन् । आज यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४ औँ वार्षिकोत्सव कार्यक्रमका उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गरिन् ।

उनले भनिन्, “हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो ।”

उनले विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा आफू र सरकार स्पष्ट रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । “पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेबारेमा मन्त्रालय स्पष्ट छ तर त्यसैले सम्पूर्ण चलचित्रकर्मी र यसमा जोडिएका सङ्घसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रुपमा काम अगाडि बढाएका छौँ ।

त्यो अहिले अन्य मन्त्रालयसँग सहमति लिने प्रक्रियामा छ”, मन्त्री शर्माले भनिन्। उनले बोर्डले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा उपयुक्त नीति तय गर्नुपर्नेमा जोड दिए ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्र जीवन, साहित्य र समाजको ऐना रहेको बताउनुभयो । उहाँले बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्ने गरी आफूहरुले काम गरिरहेका बताए ।

बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायत कार्यक्रम गरिएका थिए ।


प्रकाशित मिति: १७ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?