Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

वडा नं. ५ मा सेरामिकका सामग्री उत्पादन प्रविधि हस्तान्तरण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई सेरामिकका सामग्री उत्पादन गर्ने प्रविधि फर्नेस (भट्टी) हस्तान्तरण गरिएको छ । ४५ दिनको उच्च सिप तालिम समापनसँगै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रविधि हस्तान्तरण गर्नुभएको हो ।

शुभारम्भसहित प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिप सिकेर मात्र हुँदैन । यसमा निखार ल्याउन नियमित अभ्यास गर्नुपर्छ । नतिजाबाट प्रभाव देखिनु पर्छ । आउँदो तिहारसम्ममा वडा नं. ५ माटोको दियोमा आत्मनिर्भर हुनु पर्छ । अर्को बर्ष महानगरपालिका हुँदै अन्तरराष्ट्रिय स्तरमा पुग्ने गरी उत्पादन गर्नुपर्छ ।’

ठाउँ र स्थानीय रहनसहनसँग माटोका भाँडा बनाउने रैथाने सिप जोडिएको बताउँदै उहाँले, एक वडा एक नमूना कार्यक्रमबाट स्थानीय स्तरमा उद्यमशील क्रियाकलाप बढ्ने, यससँगै स्थानीयको आयआर्जन र जीवन स्तरमा सुधार हुने अवस्था निर्माणमा जोड दिनुभयो ।

त्यस क्रममा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भन्नुभयो, ‘सामाजिक विकासका कार्यक्रमअन्तर्गत सिपमूलक काम एउटा हो । समाजलाई गतिशील बनाउन, व्यक्तिलाई उद्यमशील बनाउन वडाले विधागत तालिमहरु सञ्चालन गरिरहेको छ । उद्यम गर्न सक्ने सबैका लागि अवसर प्रदान गर्ने वडाको योजना छ ।’

उहाँका अनुसार पहिलो चरणमा ५० जनालाई आधारभूत तालिम दिइएको थियो । उहाँहरुमध्ये इच्छुक र सिप योग्यता पुगेका १५ जनालाई उच्च सिप प्रशिक्षण दिइएको हो ।


प्रकाशित मिति: १५ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?