Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

वडा नं. ५ मा सेरामिकका सामग्री उत्पादन प्रविधि हस्तान्तरण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ५ लाई सेरामिकका सामग्री उत्पादन गर्ने प्रविधि फर्नेस (भट्टी) हस्तान्तरण गरिएको छ । ४५ दिनको उच्च सिप तालिम समापनसँगै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रविधि हस्तान्तरण गर्नुभएको हो ।

शुभारम्भसहित प्रविधि हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘सिप सिकेर मात्र हुँदैन । यसमा निखार ल्याउन नियमित अभ्यास गर्नुपर्छ । नतिजाबाट प्रभाव देखिनु पर्छ । आउँदो तिहारसम्ममा वडा नं. ५ माटोको दियोमा आत्मनिर्भर हुनु पर्छ । अर्को बर्ष महानगरपालिका हुँदै अन्तरराष्ट्रिय स्तरमा पुग्ने गरी उत्पादन गर्नुपर्छ ।’

ठाउँ र स्थानीय रहनसहनसँग माटोका भाँडा बनाउने रैथाने सिप जोडिएको बताउँदै उहाँले, एक वडा एक नमूना कार्यक्रमबाट स्थानीय स्तरमा उद्यमशील क्रियाकलाप बढ्ने, यससँगै स्थानीयको आयआर्जन र जीवन स्तरमा सुधार हुने अवस्था निर्माणमा जोड दिनुभयो ।

त्यस क्रममा वडाध्यक्ष वीरेन्द्र प्रजापतीले भन्नुभयो, ‘सामाजिक विकासका कार्यक्रमअन्तर्गत सिपमूलक काम एउटा हो । समाजलाई गतिशील बनाउन, व्यक्तिलाई उद्यमशील बनाउन वडाले विधागत तालिमहरु सञ्चालन गरिरहेको छ । उद्यम गर्न सक्ने सबैका लागि अवसर प्रदान गर्ने वडाको योजना छ ।’

उहाँका अनुसार पहिलो चरणमा ५० जनालाई आधारभूत तालिम दिइएको थियो । उहाँहरुमध्ये इच्छुक र सिप योग्यता पुगेका १५ जनालाई उच्च सिप प्रशिक्षण दिइएको हो ।


प्रकाशित मिति: १५ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?