Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

भविष्यका सहरी चुनौती सामना गर्ने नीति र संयन्त्र आजै बनाउनु पर्छः प्रमुख शाह


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । बैठकमा भाग लिन उहाँ असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गर्नुभएको थियो ।

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पु¥याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्ने बताउनुभएको थियो ।

‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’ उहाँको भनाइ छ ।नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो । वहसमा ठूला महानगरपालिकाका मेयर (प्रमुख) हरु सहभागी हुनुहन्थ्यो ।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलका मुख्य विषय छन् । बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको छ ।प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुनुहुन्छ । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।बैठकमा भाग लिन प्रमुख शाह असार ३ गते व्राजिल प्रस्थान गर्नुभएको हो । बैठक सकेर उहाँ असार ८ गते शनिवार स्वदेश फर्कनुहुनेछ । उहाँसँग पूर्वाधार सल्लाहकार सुनिल लम्साल हुनुहुन्छ ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?