Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

कांग्रेस तेह्रथुमका पूर्वसभापति विमलीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


८ चैत्र ,काठमाडौँ । नेपाली कांग्रेसले तेह्रथुमका पार्टी पूर्वसभापति गणेशप्रसाद विमलीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस तेह्रथुमका पूर्व सभापति एवं संविधानसभा सदस्य विमलीको निधनप्रति दुःख व्यक्त गरेका हुन्‌ ।

विगत केही समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित विमलीको चैत ७ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय विमलीले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

विसं २०२६ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका स्वर्गीय विमलीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमको सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतका विभिन्न साङ्गठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेको काग्रेसले जनाएको छ ।

विसं २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनि तेह्रथुम जिल्लामा पार्टीका तर्फबाट उम्मेदवार थिए। स्वर्गीय विमलीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताएको छ ।

विमलीको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्‌ । “कांग्रेस तेह्रथुमका पूर्वसभापति एवं संविधानसभा सदस्य विमलीको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्वर्गीय विमलीले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ”, सभापति देउवाले भनेका छन्‌ ।

उनले स्वर्गीय विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्‌ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?