Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कांग्रेस तेह्रथुमका पूर्वसभापति विमलीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


८ चैत्र ,काठमाडौँ । नेपाली कांग्रेसले तेह्रथुमका पार्टी पूर्वसभापति गणेशप्रसाद विमलीको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेस तेह्रथुमका पूर्व सभापति एवं संविधानसभा सदस्य विमलीको निधनप्रति दुःख व्यक्त गरेका हुन्‌ ।

विगत केही समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित विमलीको चैत ७ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय विमलीले भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

विसं २०२६ देखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका स्वर्गीय विमलीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमको सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतका विभिन्न साङ्गठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेको काग्रेसले जनाएको छ ।

विसं २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनि तेह्रथुम जिल्लामा पार्टीका तर्फबाट उम्मेदवार थिए। स्वर्गीय विमलीले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको बताएको छ ।

विमलीको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्‌ । “कांग्रेस तेह्रथुमका पूर्वसभापति एवं संविधानसभा सदस्य विमलीको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ, स्वर्गीय विमलीले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ”, सभापति देउवाले भनेका छन्‌ ।

उनले स्वर्गीय विमलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्‌ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?