Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

तितो सत्य: सर्प र जुनकिरी


तितो सत्य!
एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । धेरै बेर लेखेटिए पछि जुनकिरी थाकेर उभिन्छ र सर्पलाई सोध्छ, “के म तिमीलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?”
सर्पले सहमति जनाउदै भन्यो, ” हुन्छ, ल सोध!”
जुनकिरी: के म तिम्रो खाद्य श्रृंखला ( food chain) भित्र पर्छु?”
सर्प: “अँह, पर्दैनौ।”
जुनकिरी: “मैले तिमीलाई केहि हानि गरेको छु?”
सर्प: “अँह, केहि पनि गरेका छैनौ!”
जुनकिरी: “त्यसो हो भने किन तिमी मलाई निलौला झै गरेर लखेटी रहेका छौ?”
सर्प: “किनकी, म तिमिलाई यसरि चम्किएर हिडेको देख्न सक्दिन।”

मित्रहरु, हाम्रोे जीवनमा पनि, केहि मानिसहरू यहि सर्प जस्तै हुन्छ्न। जसले तपाईलाई जुनकिरी झै चम्किएको देख्न चाहदैनन। तपाईको चम्काइले उसलाई कुनै हानि नगरे पनि तपाइलाई सिध्याउन उ सधै तयार भएर बसेको हुन्छ!


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?