Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ


८ चैत्र ,काठमाडौँ । एक समूहले नक्कली कागजात पेस गरेर तिब्बती शरणार्थीलाई सक्कली नागरिकता बनाएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी कीर्ते गरी नागरिकता निकाल्ने पाँच जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेमा झापाका कृष्णबहादुर कटुवाल, भक्तपुर घर भई काठमाडौँ बस्ने न्युल्केश श्रेष्ठ, मोरङका हीरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाएर बस्ने विजय लामा रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन्‌ ।

उनका अनुसार उनीहरूको साथबाट नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइँसराइ, विवाह दर्ता, सम्बन्धविच्छेद जस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्त्वपूर्ण अन्य विविध कागजात, कीर्ते गर्न प्रयोग हुने वडा कार्यालयको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरी बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता बरामद गरिएको छ ।

उनीहरूलाई नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । पक्राउ परेका कृष्णबहादुर कटवाल मुख्य योजनाकार भएको समेत प्रहरीले जनाएको छ । उनले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता बिना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए । उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीको सक्कलै नेपाली नागरिकता बनाउने क्रममा विभिन्न व्यक्तिलाई नक्कली बाबुको रूपमा उपस्थित गराई सनाखत गराउन गैरकानूनी कार्यमा संलग्न रहेको पाइएको छ ।

कटवालले न्युल्केश श्रेष्ठलाई मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाई हरेक पटक रु १० हजार दिई भाडामा नक्कली बाबुको रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई सनाखत गराउने गरेको प्रहरीले जानकारी दिएको छ ।

न्युल्केश श्रेष्ठले हालसम्म तिब्बती व्यक्ति सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतको सक्कलै नागरिकता बनाउन नक्कली बाबु बनी सहयोग गरेको पाइएको छ । कटवालले त्यसरी कीर्ते कागजात तयार गरी गैरनेपालीलाई सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति रु तीन लाखदेखि पाँच लाखसम्म रकम लिने गरेको खुलेको छ ।

नागरिकता लिएका अन्य २५/३० जनाको सक्कलै नागरिकतामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको समूहले अहिलेसम्म पाँच सयभन्दा बढी व्यक्तिलाई यस्तै प्रक्रियाबाट नागरिकता दिलाएको प्रहरीको अनुमान छ । कटवाल यसअघि ठगी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?