Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बालबालिकाले मञ्चन गरे, बाल श्रमको कथामा नाटक


काठमाडौँ । महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल ‘श्रम विरुद्धको आवाज’ शीर्षकमा नाटक मञ्चन गरे ।

गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिश हिंसाको शिकार हुने कारण नाटकमा देखाइएको थियो । श्रम क्षेत्रका बालबालिकालाई श्रममुक्त गराउन अन्य साथी बालबालिकाहरुकै पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने नाटकको सन्देश थियो ।

सञ्जालकी संयोजक रुपा थापा भन्नुहुन्छ, ‘रात्रीकालीन व्यवसाय, मनोरञ्जनका क्षेत्र, खाजा घर तथा अन्य व्यवसायिक स्थानमा हुने गलत क्रियाकलाप र बाल श्रम विरुद्धको अभियानका लागि अन्तरक्रियात्मक संवाद गरिएको छ ।’ वडाले बालबालिकासँगै महिला र युवतीलाई हिंसाबाट बचाउनु पर्नेछ । पुरुषहरुलाई समेत सहभागी गराएर हिंसा शून्य समाज निर्माण गर्नु पर्नेछ । थापाले कार्यक्रमको लक्ष्यका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी, रात्रीकालीन व्यवसायीहरुको संघसंस्थाका प्रतिनिधि, मानव बेचबिखन तथा ओसार पसारविरुद्ध काम गर्ने सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना दायित्वका विषयमा धारणा राख्नुभएको थियो ।

दिवसकै दिन महानगरपालिकाले सिंहदरबार भित्र सञ्चालनमा रहेका क्याम्टिनहरुबाट ४ जना बाल श्रमिकलाई उद्धार ग¥यो । यससहित १८ बर्षमुनि उमेर समूहका ४१ जना बालबालिकाको जोखिमपूर्ण श्रमबाट उद्धार भएको छ ।


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?