Trending
>>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली >>   बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय >>   नेपाल–भारत सैन्य सहकार्य वार्ता आज >>   भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु >>   आज मन्त्रिपरिषद् बैठक बस्दै
Logo
६ मंसिर २०८१, बिहीबार
६ मंसिर २०८१, बिहीबार

के तपाईंसँग बुबा-हजुरबुबाले बनाएका चौतारीहरूका कथा छन् ?


-नारायण गाँउले

के तपाईंसँग यस्तै चौतारीमा बसेर खिचेका फोटाहरू छन् ?

तपाईं जन्मे हुर्केको गाउँघरमा यसरी ढुङ्गा चिनेर बनाइएका चौतारीहरू थिए ? के तपाईंले पढेका सरकारी स्कुल वरपर वरपीपल, शमी र आँपका ठूला ठूला बोट र चौतारी थिए ? के तपाईंको मामाघर पनि हिँडेर जान पर्ने ठाउँमा थियो र बाटामा थकाइ मार्नका लागि यस्तै चौतारीहरू थिए ?

अलि अस्तिसम्म हाम्रो संस्कृति, सभ्यता, धर्म र जीवनशैलीसँग वरपीपलका यस्ता चौतारीको अभिन्न सबन्ध थियो । केही सामाजिक काम गर्न पर्यो भने मान्छेले रूख रोप्थ्यो, चौतारो बनाउँथ्यो ! धार्मिक काम गर्न पर्यो भने वरपीपल रोपिन्थ्यो, हरेक शनिवार पानी चढ़ाइन्थ्यो, हेरचाह हुन्थ्यो र रूख हुर्किएपछि चौतारी बनाएर वरपीपलको बिहे गरिन्थ्यो, प्रसाद बाँडिन्थ्यो ! रोप्नु मात्रै धर्म थिएन, त्यसलाई हुर्काउने बिहे गर्नेसम्मको जिम्मा थियो । बुबाको नाममा, आमाको नाममा केही स्मृति चिन्ह बनाउनु पर्यो भने चौतारो बनाइन्थ्यो, नजिकै धारो बनाइन्थ्यो !

यस्तो कुनै स्कुल शायदै होस्, जहाँ चौतारो नहोस्, यस्तो कुनै चोक या चौराहा शायदै होस्, जहाँ शीतल हावा दिने चौतारी नहोस् ! स्वास्थ्य चौकी होस् या मन्दिर, पाटीपौवा होस् कि दोबाटो त्यहाँ चौतारी हुन्थ्यो हुन्थ्यो । कति गाउँका नाम यिनै चौतारीबाट राखिएको हुन्थ्यो । कति सामाजिक भेटघाट र छलफल यस्तै चौतारीमुनि हुन्थे । हाँगा भाँच्नु या नोक्सान पुऱ्याउनु पाप थियो । जन्मदेखि मृत्युसम्म चौतारो सान्दर्भिक र प्रासङ्गिक थियो ।

गज्जप त के भने तराईमा मान्छेको निजी घर खरखडाईले बारेको कच्चा हुन्थ्यो, तर पनि उसले बुबाको स्मृतिमा बनाएको सार्वजनिक चौतारी ढुङ्गा चिनेर बनाइएको पक्की खालको हुन्थ्यो । प्रचण्ड गर्मीमा गाउँका धेरै मान्छे गुन्द्री बोकेर चौतारीमा जान्थे र सुस्ताउँथे ! यसले हावा दिन्थ्यो, ओत दिन्थ्यो, हरियाली दिन्थ्यो, विश्राम गर्ने ठाउँ दिन्थ्यो, ठाउँको पहिचान दिन्थ्यो, बटुवाहरूलाई लक्ष्य दिन्थ्यो, भरियादेखि चराचुरुङ्गीलाई आश्रय दिन्थ्यो ! सभागृह पनि यही थियो, प्रेमको साक्षी पनि यही थियो ।

रूख रोप्नु धर्म थियो, सभ्यता थियो, इज्जत थियो । चौतारो बनाउनु पुण्य थियो, समाजसेवा थियो । अझै धेरै ठाउँमा छँदै छ । अहिले रूख होइन, सिमेन्टका मूर्ति र शालिक ठड्याउने चलन छ । विश्वका धेरै देशले स्थानीय जनजीवन र सभ्यतासँग गाँसिएका यस्ता रूख र चौतारीजस्ता सम्पदालाई निकै लोभलाग्दो गरी संरक्षण गर्छन्, जीवन दिन्छन् । अझ जनस्वास्थ्यसँग गाँसिएको विषय छ भने त त्यसले अलग्गै महत्त्व पाउँछ ।

चौतारी त हाम्रो धर्म, संस्कार, सभ्यता, स्वास्थ्य, सम्मान र सामाजिकतासँग जरैदेखि गाँसिएको चौतारी कसरी मासिँदै गयो होला ? अरू त अरू पचास वर्षअघि ठूला चौर र चौतारी राखेर बनेका स्कुल पनि आज भवन र शटर मात्रै छन् । गाउँमा समेत चौतारो मासेर भवन बनेका छन्, डोजर चलेका छन् । निजी स्कुल त चौर र हरियाली चाहिन्न, बिल्डिङ् भए पुग्छ भन्ने मान्यतामा स्वीकृत छन् !

ग्रीसले दुई हजार वर्ष पुराना सम्पदा, संस्कृति र सभ्यतालाई आज पनि जोगाएको छ र विश्वका जिज्ञासुहरूलाई हस्तान्तरण गर्दै छ, हामीले यही पुस्ताका यस्ता सम्पदा पनि बचाउन नसक्ने भयौं ! झट्ट हेर्दा तपाईंलाई नाथे चौतारी पनि कुनै सम्पदा हो र भन्ने जस्तो लाग्छ, यो लेख व्यर्थको क्रन्दन जस्तो लाग्छ । तर यो तपाईंले सोचेभन्दा अलि बढ़ी गहिरो पनि हुनसक्छ !
तपाईंसँग केही तस्बीर र स्मृतिहरू छन् कि ? बुबा-हजुरबुबाले बनाएका चौतारीहरूका कथा छन् कि ?


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?