Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

एउटा कानुन कार्यान्वयनले इतिहासमै पहिलो पटक १९ हजार बढी विद्यार्थीलाई २ अर्ब बराबरकाे छात्रवृति !


-बालेन शाह

एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले Scholarship पाएको छ । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो।

यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन्। हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थी हरुलाई करिब२ अर्ब बराबर को छात्रवृति  उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।

हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ। ३ दिन भित्र विवरण पेस नगर्ने बिद्यालय हरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ । विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९००० विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

 


प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?