Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भारतीय लोकसभा चुनावकाे नेपाललाई अर्थ


-बिनाेद त्रिपाठी

इन्डियाको राजनीतिले सबैभन्दा असर पार्ने नेपाल मात्र हो । किनकी भुटान , माल्दिभ्स, श्रीलंका आत्मनिर्भर भइसकेका छन । बंगलादेश आफैंमा शक्तिशाली मुलुक हो । पाकिस्तान र अफगानिस्तान इन्डिया जस्तै धार्मिक अंध्यारोमा जाकिएका मुलुक हुन् । म्यानम्यारले इन्डियासंग कुनै साइनो राख्दैन । इन्डियाबाट पेलिने , थिचिने र असर पार्ने त नेपाललाई मात्र हो ।

इन्डियासंग नेपालको मात्र सिमाना खुल्ला छ । यसैले इन्डियाको बारेमा वास्तै गर्दिन भनेपनि त्यताको हावा बहेर स्वत नेपाल आइहाल्छ । यो हाम्रा लागि सदियौंदेखिको दुर्भाग्य हो । अरु देश जति इन्डेपेन्डेन्ट छन् नेपाल नचाहेर पनि इन्डियाको छायांमा छ । इन्डियाको हालै सम्पन्न लोकसभा चुनावले नेपाललाई ठुलो अर्थ राख्छ ।

इन्डियाको चुनावी परिणाम हेर्ने हो भने जम्मा सिट सङ्ख्या : ५४५
निर्वाचन भएको सिट : ५४३
सरकार बनाउन आवश्यक सिट : २७२
भाजपा गठबन्धन : २९३
काँग्रेस गठबन्धन : २३४
कुनै गठबन्धनमा नरहेका : १६
एक्लाएक्लै सिट –
भाजपा : २४०
कांग्रेस : ९९
अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी : ३७
ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेस : २९
डीएमके : २२
तेलगु देशम : १६
नीतीश कुमार (जेडीयु) : १२

रहेका छन् । अब डिएमके २२ हुन वा १२ सिटे जेडियु निर्णायक दल बन्नेछन । नेपालमा जस्तै ससाना दलका नेताहरुले उपप्रधानमन्त्री मन्त्री पड्काउनेछ्न । इन्डियाको यो चुनावमा सबैभन्दा हिरो अखिलेश यादवको समाजवादी पार्टी पो बन्यो । यी अखिलेश तिनै व्यक्ति हुन जस्ले एक्लै उत्तर प्रदेशमा बेजेपीका नेता आदित्यनाथको धार्मिक आतंक विरुद्ध लड्दै आएका थिए । अबको जमानामा धर्मको राजनीति टिक्दैन चल्दैन भन्ने इन्डियाको यो हंग् पार्लियामेन्ट परिणामले देखाएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?