Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रतिनिधिसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने


काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै अर्थमन्त्री वर्षमान पुनले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।

यसैगरी,अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै“ विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले “ विनियोजन विधेयक, २०८१” प्रस्तुत गरिने महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

यस्तै ,“राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

यसैगरी,अर्थमन्त्री वर्षमान पुनले “राष्ट्र ऋण उठाउने विधेयक, २०८१”, “भन्सार महशुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव,
र “भन्सार महशुल विधेयक, २०८१” प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?