Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

मैले बुझीसकेको छु अब नेपाल बदलिँदैन !


–-ए. पोख्रेल

एउटा व्यक्तिगत कुरो यहाँ लेखे मैले , जे सुकै सम्झनुहोस् मलाई !!!

” के साँच्ची वातावरण परिवर्तनको कारण अहिले यति धेरै गर्मि भएको हो त सर” ? भनेर हाम्रो देश नेपालको प्रतिष्ठित एक नम्बर दैनिक पत्रिकाका सम्पादक ज्यू ले मलाई प्रस्न गर्नु भएको छ!
मलाई रिस , हासो र गम्भीरता एकै साथ उठेको छ ।

मैले भनेको छु उहाँलाई , ” प्रिय ….सर , लेख लेखेर आफूलाई विद्वान देखाउन चाहने दर्जनौं लेखक छन् नेपालमा । उनीहरूबाट लेखाउनु होस्। उनीहरू खुसी हुने छन् आफ्नो लेख प्रकाशित भएकोमा । नकी नेपाल र नेपाली जनताको सेवामा लेख लेख्न पाएकोमा ! उनीहरूले लेखे पछि मैले अवश्य लेख्ने छु । हालको लागि माफ गर्नुहोस् है “

माफ गर्नुहोस् मलाई लेखक वा विद्वान बन्नको लागि लेख प्रकाशीत गर्ने सोख छैन वा त्यो सोख हराई सकेको छ ।

यसको कारण छ :
अब मैले नेपाललाई बुझी सकेको छु । चाहे मेरो बुझाइ जस्तो सुकै किन नहोस् ।

मेरो निष्कर्ष छ :
लेख रचना वा कुनै पनि किसिमको किताब आदि इत्यादिबाट नेपाल बदलिँदैन अब । अर्थात् हामी नेपालीहरुको मानसिकता बदल्न गार्हो छ । सम्मुनत नेपाल लेख रचनाबाट सम्भव छैन अब । हामी पुरै प्रदुषित भइसकेका छौं हरेक क्षेत्रमा । सिधै एक्सनमा जानु पर्ने अबस्था विद्यमान छ ।

तर त्यो एक्सनमा को जान्छ ? को पुग्छ ? कसले लिन्छ नेपाल र नेपाली जनतालाई ह्रिदयमा ? यो प्रस्न जटिल छ मेरो नजरमा !
अस्तु । “


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?