Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

राजनीति दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त हुनुपर्छः एनपी साउद


काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।

‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्काको तिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

उनले पार्टीलाई मजबुत बनाउन सबै नेताहरु व्यक्तिगत आकांक्षाबाट मुक्त हुनु पर्ने बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुत बनाउन व्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरुले आफूलाई बाहेक राख्नुपर्छ ।’

पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुत बनाउन सकिने र आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल नगरेरै जित्न सकिने उनको भनाइ थियो ।
‘पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरुको साझा भावनालाई बोकेर पूर्वपश्चिम हामीले मार्च गर्न सक्यौैैँ भने ८४ मा पार्टीलाई बलियो रुपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामा पुग्न सक्छौँ ।’


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?