Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

राजनीति दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त हुनुपर्छः एनपी साउद


काठमाडाैं । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।

‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्काको तिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

उनले पार्टीलाई मजबुत बनाउन सबै नेताहरु व्यक्तिगत आकांक्षाबाट मुक्त हुनु पर्ने बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘पार्टी मजबुत बनाउन व्यक्तिगत आकांक्षाबाट पार्टीका सबै नेताहरुले आफूलाई बाहेक राख्नुपर्छ ।’

पार्टीको साझा सिद्धान्त बोकेर पार्टीलाई मजबुत बनाउन सकिने र आगामी निर्वाचनमा कसैसँग चुनावी तालमेल नगरेरै जित्न सकिने उनको भनाइ थियो ।
‘पार्टीको साझा सिद्धान्तलाई बोकेर, पार्टीका साथीहरुको साझा भावनालाई बोकेर पूर्वपश्चिम हामीले मार्च गर्न सक्यौैैँ भने ८४ मा पार्टीलाई बलियो रुपमा स्थापित गर्न सक्छौँ,’ साउदले भने, ‘गठबन्धन नगरेरै जित्न सक्ने अवस्थामा पुग्न सक्छौँ ।’


प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?