Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

बच्ला मधेशमा जसपाकाे सरकार, पाउला गण्डकीमा कांग्रसले विश्वासकाे मत?


काठमाडौं । बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेताहरूको बैठक सकिएको छ । उत्त बैठकमा सत्ता पक्षका नेता माधव नेपाल पनि पुगेका छन् । बैठक सकेर अन्य नेताहरू सँग सँगै बाहिरिए पनि उपेन्द्र यादव भने देउवासँग छुट्टै छलफल गरेर ढिलो निस्काएका छन् ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुरलाई पहिले देउवाले बोलाएका थिए । तर पुनः देउवाले एकपा एकीकृत समाजवादीका अध्यक्ष अध्यक्ष माधव नेपाललाई पनि बोलाएका थिए । माधव प्रमुख सचेतक मेटमणि चौधरीसँग पुगेका थिए ।

बूढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको बताइएको छ । मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?