Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

बबिनाको स्वर र संगीत तथा मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)


तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ….

यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत सार्वजानिक छ ।

चारुका लेखक मिश्रले यो चारुलाई नेपालको सांगितिक इतिहासमा पहिलो रेकर्डेड ‘चारु’ भएको दावि गरेका छन् । उनी भन्छन् ‘नेपालमा स्वतन्त्र गजल त धेरै रेकर्ड भए तर स्वतन्त्र गजललाई चारु नामाकरण गरिए पछि औपचारिक रुपमा बबिना भट्टराईको स्वर र संगीतमा म्युजिक नेपालको स्टुडियोमा २०८० फागुन ०८ गते मंगलबार रेकर्ड भएको यो ‘चारु’ नै संगीतवद्ध र स्वरवद्ध भएर रेकर्ड भएको पहिलो हो ।’

यहि दाविका साथ नेपाल भारत साहित्य महोत्सवमा उनको यो ‘चारु’ सार्वजानिक भइरहदा धेरैले उत्सुकता जनाएका थिए । उनको यो दावीलाई चरु विधामा विद्यावारिधि गरेका तथा चारुका प्रवर्तक समेत रहेका डा. देवि पन्थीले पुष्टि गरेका छन् । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मा प्रस्तोता हरिराम पौडेल संगको अन्तर्वार्तामा उनले भनेका छन् ‘लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्दमा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड भएको ‘चारु’ नै पहिलो रेकर्ड भएको चारु हो ।’


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?