Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बबिनाको स्वर र संगीत तथा मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ( भिडियो सहित)


तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ….

यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत सार्वजानिक छ ।

चारुका लेखक मिश्रले यो चारुलाई नेपालको सांगितिक इतिहासमा पहिलो रेकर्डेड ‘चारु’ भएको दावि गरेका छन् । उनी भन्छन् ‘नेपालमा स्वतन्त्र गजल त धेरै रेकर्ड भए तर स्वतन्त्र गजललाई चारु नामाकरण गरिए पछि औपचारिक रुपमा बबिना भट्टराईको स्वर र संगीतमा म्युजिक नेपालको स्टुडियोमा २०८० फागुन ०८ गते मंगलबार रेकर्ड भएको यो ‘चारु’ नै संगीतवद्ध र स्वरवद्ध भएर रेकर्ड भएको पहिलो हो ।’

यहि दाविका साथ नेपाल भारत साहित्य महोत्सवमा उनको यो ‘चारु’ सार्वजानिक भइरहदा धेरैले उत्सुकता जनाएका थिए । उनको यो दावीलाई चरु विधामा विद्यावारिधि गरेका तथा चारुका प्रवर्तक समेत रहेका डा. देवि पन्थीले पुष्टि गरेका छन् । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मा प्रस्तोता हरिराम पौडेल संगको अन्तर्वार्तामा उनले भनेका छन् ‘लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्दमा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड भएको ‘चारु’ नै पहिलो रेकर्ड भएको चारु हो ।’


प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?